समाचार

काँग्रेस केन्द्रीय समितिमा सभापति देउवाकाे चर्काे अालाेचना

अमृतराज काफ्ले । काठमाडाै, ४ माघ । राष्ट्रियसभा चुनावमा कस्ता उम्मेदवार बनाउने भन्ने एजेण्डासहित बसेको काँग्रेस केन्द्रिय समिति बैठकमा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेका छन् । बैठकको शुरुमै चुनावको नतिजाका विषयमा अर्को केन्द्रीय समितिमा छलफल गर्ने भन्दै सभापति देउवाले बिहिबारको बैठकमा राष्ट्रियसभाका लागि चयन गर्ने उम्मेदवारका विषयमा मात्रै छलफल गर्न प्रस्ताव गरेका थिए ।

बैठकको शुरुमै सभापति तथा प्रधानमन्त्री देउवाले राष्ट्रियसभा चुनावका विषयमा छलफल गर्न आग्रह गरेपनि काँग्रेस केन्द्रिय सदस्य कल्याण गुरुङले चुनावी परिणामका विषयमा धारणा राख्न थालेपछि उनलाई सभापति देउवाले बिचमै रोकेको नेताहरुले बताएका छन् । त्यसपछि बोल्ने प्राय सबै केन्दिय सदस्यले चुनावमा काँग्रेसले भोगेको लज्जास्पद हारको जिम्मेवारी नेतृत्वले लिनुपर्ने भन्दै तत्काल महासमिति बैठक बोलाउन माग गरेका छन् ।

बिहिबार बोल्ने प्राय सबै नेताले सभापति देउवाको चर्को आलोचना गरेपनि एकाध नेताले भने सभापति देउवाको प्रतिरक्षा गरेका थिए । कुनै समय सभापति देउवा पक्षमै रहेका नेताहरु समेत चुनावको परिणामपछि विपक्षमा उभिएपछि पार्टी नेतृत्वलाई बृहत छलफलका लागि थप दवाव परेको नेताहरुले जनाएका छन् ।

तर पार्टी सभापति देउवाले भने चुनावका विषयमा अर्को केन्द्रीय समिति बैठकमा विषेश छलफल गर्ने आश्वाशन दिएका छन् । उनले राष्ट्रियसभा चुनावमा लाग्न सबै केन्द्रिय सदस्यलाई निर्देशन समेत दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

1 comment

  1. Going Here says:

    I just want to tell you that I am just newbie to blogging and site-building and absolutely liked this web page. More than likely I’m going to bookmark your site . You amazingly have very good article content. Thanks for sharing your website page.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट