समाचार

कांग्रेसको विरोधले नियमावनली पारित भएन

काठमाडौं । नेपाली कांग्रेसले विरोध गर्ने चेतावनी दिएपछि प्रतिनिधिसभा नियमावली पारित गर्ने संसदको बुधवारको तयारी बिफल भएको छ ।
प्रतिनिधिसभा बैठक अघि बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा कांग्रेसले बिना सहमति प्रतिनिधिसभाको नियमावली अघि बढाइए सदन अवरुद्ध गर्ने चेतावनी दिएपछि नियमावली सम्बन्धिको बिषय आजको कार्यसूचिमै पारिएन ।
नियमावलीमा फौजदारी अभियोग लागेका सांसद पक्राउ पर्ने बित्तिकै स्वतः निलम्बन गर्ने कि नगर्ने भन्नेबारेको बिषय मतदान गरेर अघि बढाउने तयारी भएको भन्दै कांग्रेसले आपत्ती जनाएको छ ।
सत्तारुढ एमाले र माआवादीले फौजदारी अभियोग लागेर पक्राउ पर्ने बित्तिकै स्वतः निलम्बित हुने व्यवस्थासहित नियमावली पारित गर्नुपर्ने बताउँदै आएको छ । तर, कांग्रेस, राजपासहितका दलका सांसदले भने यसको विरोध गरेका छन् ।
संसद बैठकपछि सभामुख कृष्ण वहादुर महराले नियमावली विवादरहित बनाउदै सहमतिमा अघि बढाउने प्रयास भईरहेको जानकारी दिनुभयो ।
समितिको संख्याका बिषयमा पनि बिवाद रहेको उहाँले बताउँनुभयो ।
प्रतिनिधिसभा नियमावली मस्यौदाको दफा २ सय ४३ को ३ मा फौजदारी अभियोग लागेका सांसद सम्बन्धिको व्यवस्था गरिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट