समाचार

कांग्रेस अब प्रतिस्पर्धी पार्टी हैन – प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अब प्रतिस्पर्धी पार्टी नरहेको बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि कांग्रेस प्रतिस्पर्धी नभई सहयोगी पार्टीका रुपमा रहने दावी गर्नु भएको हो ।
मदन भण्डारी स्मृति दिवसको अवसरमा उहाँले विहिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई पार्टीबीचको एकतापछि कांग्रेसलाई पनि साथमा लिएर मुलुक निर्माणको अभियानमा जुट्ने बताउनु भयो ।
उहाँले दुई पार्टी बीचको एकता दमनका निम्ति नभई विकासका निम्ति भएको पनि स्पष्ट पार्नु भयो । प्रधानमन्त्री ओलीले मुलुकमा अधिनायकवाद आउँछ कि भनेर शंका नगर्न पनि आग्रह गर्नु भयो ।
उहाँले सुशासन कायम, भ्रष्टाचार अन्त्य र समग्रतामा मुलुकको निर्माण गर्न आफूहरुबीच एकता गरिएको तर्क पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले जनतामाथि शासन गर्न नभई सेवा गर्न एमाले र माओवादी केन्द्रबीच एकता गरिएको पनि बताउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट