जोडिनुहोस
  • होमपेज
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठकमा चार वटा प्रतिवेदन पेस गर्नुपर्ने भएकाले बिहीबार र शुक्रबारसम्म बैठक लम्बिन सक्ने प्रवक्ता मीन विश्वकर्माले बताए । उनका अनुसार अध्यक्षको समूहले आर्थिक प्रस्ताव पेस गर्छ त्यसको छलफल हुन्छ । उपसभापति पूर्णबहादुर खड्काले तयार पारेको आर्थिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राजनीतिक विषय समेटिएको नीति प्रस्ताव महासमिति बैठकमा पेस हुन्छ । त्यसलाई केन्द्रीय कार्यसमितिले पास गर्छ ।

यस्तै यस्तै छलफलका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि प्रतिवेदन पेस गर्नेछन् । त्यसलाई पनि केन्द्रीय कार्यसमितिले पास गर्ने र महासमिति बैठकमा पेस हुने कांग्रेसको तयारी छ । महामन्त्री थापाले सांगठनिक र अर्का महामन्त्री शर्माले समसामयिक राजनीतिक परिस्थितिबारे प्रतिवेदन पेस गर्ने तयारी छ ।

यसका लागि बिहीबार र शुक्रबारको समय लाग्ने पार्टीको अनुमान छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेबाट बस्ने छ । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूलाई बोलाइएको छ । कांग्रेसको महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा गर्ने कांग्रेसको तयारी छ । सो महासमिति बैठकमा ५६ पेजको नीति प्रस्ताव पेस गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका