समाचार

कांग्रेस केन्द्रीय समितिमा प्रदेश र प्रतिनिधी सभा निर्वाचनका उम्मेद्वारको मापदण्डबारे छलफल सुरु

काठमाडौ, २० असोज । सत्तारुढ नेपाली कांग्रेसले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेद्वारको मापदण्ड बारेमा पार्टीभित्र छलफल सुरु गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहानबाट सुरु भएको बैठकमा संविधान पक्षधर लोकतान्त्रिक शक्तिहरुबीच सहकार्य गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा जाने विषयमा केन्द्रित भएर छलफल भईरहेको नेता दिलेन्द्रप्रसाद बडुले जानकारी दिनु भयो । बैठकले दुवै तहको निर्वाचनका लागि उम्मेद्वार तय गर्ने मापदण्ड पनि बनाउनेछ । जनताबीच लोकप्रीय नेताहरुलाई प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेद्वारी दिने तयारी भईरहेको पनि बताउनु भयो ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रले एमाले र नयाँ शक्ति पार्टी नेपालसँग सहकार्य गरेपछि आफूले लोकतान्त्रिक पक्षधर शक्तिहरुसँग सहकार्य गरेर निर्वाचनमा जाने तयारीलाई अघि बढाएको जानकारी दिनु भएको थियो । आगामी मंसीर १० र २१ गते २ चरणमा गरी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन हुँदैछ ।

निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने उद्देश्यका साथ एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टी, नेपालले चुनावी तालमेल र पार्टी एकीकरणको सहमति गरेपछि सत्तारुढ नेपाली काँग्रेसले पनि लोकतान्त्रिक पक्षधर ६ वटा राजनीतिक दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने तयारी गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट