समाचार

कांग्रेस युवा नेताहरु विभाजित

नेपाली कांग्रेका युवा केन्द्रीय सदस्यहरु निर्वाचनमा पार्टी पराजयपछि कसरी अघि बढ्ने भन्नेबारे विभाजित दखिएका छन् ।

नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला निकट सदस्यहरुले पटकपटक छलफल गरे पनि महाधिवेशनका विषयमा युवा सदस्यहरुको मत विभाजन हुँदा साझा धारणामा जान नसकेको हो ।

पौडेल निकट नेताहरु पार्टीलाई विधि र विधानअनुसार अघि बढाउँदै संगठन सुदृढीकरणको पक्षमा उभिएका छन् भने धनराज गुरुङ, गुरुराज घिमिरे, चन्द्र भण्डारी, प्रदीप पौडेल छिट्टै महाधिवेशन गर्नुपर्ने पक्षमा देखिएका छन् ।

महाधिवेशनका विषयमा सदस्यहरुबीच समान धारणा बन्न नसक्दा केन्द्रीय सदस्य गगन थापासहितले शीघ्र महाधिवेशनको माग गर्दै ५१ पेज लामो धारणा बैठकमा पेश गरेका छन् ।

अहिलेको विधानअनुसार सात प्रदेश बाहेक केही बनाउन नसकिने जिकिर गर्दै उनीहरुले पार्टीलाई नवजिवन दिनका लागि विधान संशोधन गरेर महाधिवेशनमा जानुपर्ने उल्लेख गरेका छन् ।

सभापति इतरकै नविन्द्रराज जोशी, कल्याण गुरुङ, गोविन्द भट्टराई, सरिता प्रसाईंसहितका एक दर्जन केन्द्रीय सदस्य भने सीघ्र महाधिवेशनको विपक्षमा उभिएका छन् ।

सीघ्र महाधिवेशनको सम्भावना नरहेको र पब्लिक खपतका लागि मात्र धारणा बाहिर ल्याउनु उपयुक्त नहुने तर्क गर्दै उनीहरुले तत्काल महासमिति वैठकबाट पार्टी संगठन सुधारको अभियान थाल्नुपर्ने पक्षमा छन् । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

2 comments

  1. go board game says:

    What’s Taking place i’m new to this, I stumbled upon this I have found It absolutely useful and it has helped me out loads. I’m hoping to give a contribution & aid different users like its helped me. Good job.

    http://www.strategyboardgames.co.uk/play-paths-glory-video-guide/

  2. ed sheeran concert says:

    You actually make it seem so easy together with your presentation however I to find this topic to be really one thing that I feel I would by no means understand. It kind of feels too complex and very large for me. I’m looking ahead on your next put up, I’ll try to get the dangle of it!

    http://www.edsheeran.co.uk

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट