समाचार

काठमाडौंको म्हेपीमा गोली प्रहार, एक जना घाइते

काठमाडौं, ५ कार्तिक । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्या भएको दुई हप्ता एक दिन अर्थात १५ दिनको दिनमा राजधानीमा अर्को गोली काण्ड घटेको छ ।
लैनचौरको म्हेपीमा आइतबार एकाविहानै चलेको गोलीबाट भने मृत्यु नभए पनि गोली लागेका कल्याण गुरुङ घाइते मात्र भएका छन् । रानीबारी बस्ने गुरुङको खुट्टामा गोली लागेको लैनचौर प्रहरीले पुष्टि गरेको छ । घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएको छ । राजधानीमा एकपछि अर्को गरी गोली प्रहारका घटना भइरहे तापनि प्रहरीले अहिलेसम्म हत्यारा पत्ता लगाउन सकेको छैन । राजधानीमा घटेका गोली काण्डले काठमाडौंको सुरक्षा चुनौतीमाथि प्रश्न खडा भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट