समाचार

कानून दिवसको कार्यक्रममा प्रधानमन्त्री र सभामुख गएनन्

काठमाडौ, २६ बैशाख । राष्ट्रपति विद्यादेवि भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसंगै रहनुभएकी प्रधानन्यायाधीश सुशिला कार्कीले विभिन्न आवरणमा हुने स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप मान्य नहुने बताउनुभएको हो ।

संविधानको अन्तिम व्याख्याता सर्वोच्च अदालत रहेको भन्दै प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाले संवैधानिक सर्वोच्तालाई आत्मसाथ गर्ने सबैसंग आग्रह गर्नुभयो ।

प्रधानन्यायाधीश कार्कीले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार कार्यपालिका, न्यायपालिका र व्यवस्थापीकाबीच सहयोगी सम्बन्ध हुनुपर्नेमा प्रतिस्पर्धी भावना विकास भएको बताउनुभयो । राज्यको एक अंगले अर्को अंगको कार्यक्षेत्रमा हस्तक्षेप गर्न नहुने भन्दै प्रधानन्यायाधीश कार्कीले संवैधानिक सर्वोच्चताबाहिरका कुनै पनि कार्य मान्य नहुने पनि बताउनुभयो ।

आफु विरुद्ध संसदमा महाअभियोग दर्ता भएको विषयतर्फ लक्षित गर्दै प्रधानन्यायाधीश कार्कीले व्यक्तिगत र वर्गगत स्वार्थभन्दा माथि उठ्नुपर्ने बताउनुभयो । स्वतन्त्र न्यायपालिकाबीना जनताको हक अधिकार र सर्वमान्य न्यायको सिद्धान्तमाथि अंकुश लाग्नसक्ने भन्दै प्रधानन्याधीश कार्कीले त्यसतर्फ सचेत हुन पनि आग्रह गर्नुभयो ।

२००९ साल वैशाख २६ गते प्रधानन्यायालय ऐन, २००८ जारी भएको दिनको सम्झनामा हरेक वर्ष कानून दिवस मनाइदै आएको छ । नेपाल बार एशोसियसनले २०३० साल र न्यायपालिकाले २०४९ सालदेखि विभिन्न कार्यक्रम गरी कानून दिवस मनाउंदै आएको छ । सर्वोच्च अदालतमा भएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्तीलगायत शीर्ष नेताहरुको भने उपस्थिती रहेन ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट