समाचार

काबुलमा अमेरिकी दुतावासनजिक बम विस्फोट, ८ जनाको मृत्यु

एजेन्सी, २० बैशाख । अफगानिस्तानको राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावास नजिक भएको आत्मघाती बम आक्रमणमा ८ जनाको ज्यान गएको छ ।

काबुलस्थित अमेरिकी राजदूतवास नजिकै नेटो फौजको सवारीलाई लक्षित गरी गराइएको आक्रमणमा २५ जना घाईते भएका छन् । मारिने सबै सर्वसाधारण रहेको अफगानी सार्वजनिक स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अफगानिस्तानमा अमेरिका नेतृत्वको नेटो गठबन्धन फौजले ८ अमेरिकी सैनिक घाइते भएको जनाएको छ । आत्मघाती बम आक्रमणमा नेटो फौजका सवारीमा सामान्य मात्र क्षती भएपनि आसपास रहेका सार्वजनिक सवारी साधनहरु भने ध्वस्त भएको जनाइएको छ । आक्रमणको जिम्मा इस्लामिक स्टेटले लिएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट