समाचार

काम ५५ दिन, तलब ५८ हजार बढी !

काठमाडौं, ८ बैशाख । यही बैशाख ३१ गतेका लागि तोकिएको स्थानीय निकायको निर्वाचनमा सुरक्षार्थ खटिने म्यादी प्रहरीले ५५ दिनको तलब भत्ता समेत गरी ५८ हजारभन्दा बढी रकम बुझ्ने भएका छन् ।

त्यसका अतिरिक्त निर्वाचनमा खटिँदा सात दिन उनीहरुलाई थप विशेष भत्ता उपलब्ध गराइने छ । एक सातामा उनीहरुले प्रतिदिन २ सय ५० रुपैयाँका दरले ७ दिनको १७ सय ५० रुपैयाँ थप भत्ता पाउनेछन् । यस्तै निर्वाचन अवधिभर प्रतिदिन २ सय ५० रुपैयाँको दरले सरकारले खाजा खर्च पनि उपलब्ध गराउने छ ।

सरकारले निर्वाचनका लागि खटिने म्यादी प्रहरीको सेवा सुविधा निर्धारण गरेसँगै उनीरुको तलब भत्ताको विषयमा टुंगो लागेको हाे। विहीबार बसेको मन्त्रिपरिषद बैठकले म्यादी प्रहरीको सेवा सुविधाका विषयमा सो निर्णय गरेको हो ।

यसअघि दोस्रो संविधानसभाको निर्वाचनमा खटिएका म्यादी प्रहरीले पोशाक वापतको रकम भने पाएका थिएनन् । तर पोषाक भने उपलब्ध गराइएको थियो । यस पटक अघिल्लो निर्वाचनमा जस्तो सरकारले पोशाक सिलाएर नदिए पनि भत्ता दिने निर्णय गरेको हो । अब उनीहरूले गृह मन्त्रालयले तोकेको मापदण्ड अनुसार आफै पोशाक किन्नुपर्नेछ ।

चुनावको सुरक्षाका लागि सरकारले देशभर ७५ हजार म्यादी प्रहरी भर्ना गरेको छ । म्यादी प्रहरीलाई आवश्यक तालिम दिएर गृह मन्त्रालयले सम्बन्धित मतदान स्थलमा खटाउनेछ ।

निर्वाचनका बेला कुनै घटना-दुर्घटना भएमा सरकारले म्यादी प्रहरीका लागि बिशेष बीमाको पनि व्यवस्था समेत गरेको छ ।निर्वाचन अवधिभर प्रतिम्यादी प्रहरी २ लाख बराबरको दुर्घटना बीमा गर्ने निर्णय गरेको हो भने १ लाख ५० हजार रुपैयाँसम्मको स्वास्थ्य वीमा गरिने भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट