समाचार

कार्यक्रम ‘जीवनमन्त्र’को १००० श्रृंखला पूरा, आम दर्शक तथा शुभेच्छुकप्रति आभार

काठमाडाैं, २८ पुस । सगरमाथा टेलिभिजनमा हरेक विहान ९ः१५ बजे प्रत्यक्ष प्रशारण हुँदै आएको कार्यक्रम ‘जीवन मन्त्र’ले १००० श्रृंखला पूरा गरेको छ । प्रत्यक्ष टेलिफोन वार्ता तथा एसएमएसका आधारमा ग्रहफल सम्बन्धी फलादेश गरिने कार्यक्रम जीवन मन्त्रले शुक्रबार १००० श्रृंखला पूरा गरेकाे हाे । एस्टोलोजर राजले उक्त कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ ।

कार्यक्रमले १००० श्रृंखला पूरा गरेको अवसरमा कार्यक्रम प्रस्तोता एस्टोलोजर राजले आम दर्शक तथा शुभेच्छुकहरुमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आम दर्शकको साथ र सहयोगले १००० श्रृंखला पार गर्न सफल भएको भन्दै कार्यक्रमलाई आगामि दिनमा अझ स्तरीय, परिस्कृत र खोजमुलक बनाउने बताउनुभयो । कार्यक्रमले १००० श्रृंखला पूरा गरेको अवसरमा जीवन मन्त्र युनिटले सगरमाथाकर्मीहरुबीच खुशीयाली समेत साटेको छ ।

पूर्व मेचीदेखि पश्चिम महाकाली तथा विश्वको हरेक कुनाबाट दर्शकहरुले माया गरिरहनुभएको र आगामि दिनमा पनि यस्तै माया र सद्भावकाे खाँचो रहको उहाँले बताउनुभयो । कार्यक्रममा लाखौं दर्शकले पठाउनुभएका एसएमएस तथा टेलिफोनले हौसला मिलेको बताउँदै उहाँले अझ बढीभन्दा बढी दर्शक तथा श्रोताका जिज्ञासा मेटाउन प्रयासरत रहने बताउनुभयो ।

ज्योतिष क्षेत्रमा दुर्इ दशकदेखि पृथक छवि बनाउन सफल एस्टोलोजर राज ‘म्यान अफ दि इयर–२०१७’, ‘बेष्ट एस्टोलोजर अफ दि एसिया’, ‘बेष्ट एस्टोलोजर अफ दि साउन एसिया’, ‘ज्योतिष सम्राट’लगायत दर्जनौं अवार्डका सम्मानित भइसक्नु भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट