समाचार

कावासोती नगरपालिकाको नगरसभामा विवाद

पूजा चापाँगाई
नवलपरासी, ३१ असार । नवलपरासीको कावासोती नगरपालिकाको प्रथम नगर सभा शनिबारसम्मका लागि स्थगित भएको छ । काग्रेस र माओवादी केन्द्रका जनप्रतिनिधीको अवरोधका कारण नगरसभा एक दिनका लागि स्थगित भएको हो । नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाउँदै ९ ओटा वडाका वडाध्यक्ष र सदस्यहरू विरोधमा उत्रिएपछि नगर सभा शनिबार १० बजेसम्मका लागि स्थगित गरिएको मेयर चन्द्राकुमारी पुन बताउनुभयो ।

शुक्रबार पटक पटक समय थप्दै छलफल गरिएको भए पनि सहमती हुन नसक्दा सभा स्थगित गरिएको हो । उपमेयर प्रेम शंकर मदर्नियाले आर्थिक वर्ष ०७४÷०७५ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा कांग्रेस र माओवादीका प्रतिनिधिले अवरोध गरेका थिए ।

पुँजीगत बजेट मात्र वडामा पठाउने र लक्षित वर्गको वजेट केन्द्रबाट नै विनियोजन गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गर्न थालेपछि उनीहरुले विरोध जनाएका थिए । वडाको अधिकार कटौती गरेको भन्दै सभालाई तत्काल रोकेर छलफलबाट निकास निकालौ भन्दा एकलौटी गर्न खोजेपछि अवरोध खडा गर्नुपर्ने अवस्था सिर्जना भएको वडा नम्बर ३ का वडाध्यक्ष अमृत श्रेष्ठले बताउनुभयो ।

विषयगत समिती गठन गर्दा समेत बहुमतको दम्भमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले एकलौटी निर्णय गरेकोमा अन्यदलका जनप्रतिनिधिले विरोध जनाएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट