समाचार

केन्यामाथि नेपालकाे राेमाञ्चक जीत, केन्या ३ विकेटले पराजित

काठमाडौं–  आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत नेपालले केन्यामाथि रोमाञ्चक जित हात पारेको छ। नेपालले सोमबार भएको खेलमा केन्यालाई ३ विकेटले पराजित गरेको हो ।

१ सय ७८ रनको लक्ष्य नेपाल अन्तिम बल बाँकी छदा ७ विकेटको क्षतिमा पूरा गर्यो। डिभिजन–२ मा नेपालले तेस्रो जित हात पारेको हो। यसअघि नेपालले पहिलो खेलमा नामिबियालाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा ओमानसँग ६ विकेटले हारेको नेपालले तेस्रो खेलमा युएईलाई ४ विकेटले पराजित गरेको थियो। जितसँगै नेपालको शीर्ष २ मा पर्ने सम्भावना बढेको छ।

नेपालको जितमा पाँचौ विकेटका लागि आरिफ शेख र रोहित कुमार पौडेलको साझेदारी महत्वपूर्ण रह्यो। शेख र पौडेलबीच छैटौ विकेटका लागि ८७ रनको साझेदारी गरेका थिए। दुईले २४.५ ओभर खेलेका थिए। आरिफ ४२ रनमा आउट भए। उनले ८२ बल खेल्दा २ चौका प्रहार गरे।

यस्तै रोहित कुमार पौडेलले  ४७ रनमा रनआउट भए। अन्तिम ओभरको तेस्रो बलमा रोहित रनआउट हुँदा नेपाल दबाबमा परेको थियो।  तर अन्तिम १ बल बाँकी छदा सोमपाल कामीले २ रन लिएपछि नेपालले जित हात पारेको हो।

कप्तान पारस खड्काले चौथो विकेटका लागि शरद भेषावकरसँग ५५ रनको साझेदारी गरेका थिए। पारस ४२ रन बनाएर आउट भए। उनले ४४ बल खेल्दा ३ चौका र २ छक्का प्रहार गरे। यद्यपी शरद भेषावकर फेरि सस्तैमा आउट भए। शरद १९ रनमा बनाएर आउट भए। ५७ बल खेलेका  शरदले १ चौका प्रहार गरे।

नेपालको सुरुवात भने खराब रह्यो। खेलमा डेब्यु गरेका अनिलकुमार साह दोस्रो ओभरमा शून्य रनमा आउट भए। यसअघिका तीन खेलमा मौका नपाएका अनिललाई विकेटकिपर ब्याट्सम्यान दिलीप नाथको स्थानमा खेलाइएको हो। ओपनर ज्ञानेन्द्र मल्ल ९ रन बनाएर आउट भएका छन्। उनले १४ बल खेल्दा १ चौका हिर्काए। दीपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट भए।

बलिङतर्फ केन्याका इम्यानुयल बुन्डीले सुरुवाती ३ विकेट लिँदा नेपाल अप्ठ्यारोमा परेको थियो। नेहेमोन ओडिम्बो र नेल्सन ओडिम्बोले १–१ विकेट लिए।

यसअघि नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ‌ओभरमा ८ विकेट गुमाएर १ सय ७७  रन जोड्यो।

केन्याका लागि ओपनरद्वय इरफान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। यस्तै, सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट