समाचार

केन्यामाथि नेपालको शानदार जीत

काठमाडौ, ३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले हराउँदै शनिबार व्यहोरेको हारको बदला लिएको हो ।

नेपालका तर्फबाट ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरीको १ सय ११ रनको साझेदारीले जीत सहज बन्यो ।

नेपालको जितका कप्तान ज्ञानेन्द्र मल्ल र दिपेन्द्र सिहं एरीले अर्धसतकीय पारी खेले ।
यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दै केन्यालाई १ सय ५५ रनमा समेटेको थियो । नेपालका पार्ट टाइम स्पिनर शरद भेषवाकरले चार विकेट लिदै केन्याको इनिङ ध्वस्त बनाएका थिए ।

भेट्रान अलराउण्डर मेहेबुब आलमले सात ओभरमा पाँच मेडन राखेर दुई विकेट लिएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट