समाचार

केन्याले दियो १ सय ७८ रनको लक्ष्य, सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौ, २९ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगिता अन्तर्गत केन्याले नेपालसमक्ष १ सय ७८ रनको लक्ष्य प्रस्तुत गरेको छ । नामिबियाको राजधानी वाइन्डहोकमा रहेको वान्डरर्स क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७७ रन बनाएपछि नेपालले १ सय ७८ रनको लक्ष्य पाएको हो ।

नेपालका लागि सन्दीप लामिछाने एक्लैले ५ विकेट लिएका छन् । जारी प्रतियोगितामा केन्या सबैभन्दा कमजोर टोलीको रुपमा देखिएको छ । उसले खेलेका खेलेका दुईवटै खेलमा हार व्यहोर्दै पुछारमा रहेको छ ।

यता नेपालले भने खेलेका तीन मध्ये दुई खेलमा जित हात पार्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । पहिलो स्थानमा रहेको क्यानडाको ६ अंक रहेको छ । यसअघि नेपालले हिजो युएईलाई ४ विकेटले पराजित गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट