समाचार

केपी ओलीले भने– संसद विघटन भएसँगै एमाले पहिलो शक्ति

काठमाडौ, २९ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन भएसंगै आफ्नो पार्टी मुलुकको पहिलो शक्ति भएको दाबी गर्नु भएको छ ।

अध्यक्ष ओलीले संसद विघटन र स्थानीय तहको मत परिणाम दुवै कारणले अव एमाले मुलुकको पहिलो शक्ति भएको प्रष्टयाउनु भएको हो ।

आईतबार आफ्नै निवास बालकोटमा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य दानबहादुर बस्नेतलाई पार्टी प्रवेश गराउदै उहाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा एमालेले अत्याधिक बहुमत ल्याउने दावी समेत गर्नु भयो । अध्यक्ष ओलीले विपक्षको भ्रमपूर्ण प्रचारका कारण मात्रै प्रदेश नम्बर २ को स्थानीय तहमा निर्वाचनमा एमाले दोस्रो शक्ति बन्नु परेको दावी पनि गर्नु भयो ।

अध्यक्ष ओलीले अव हुने निर्वाचनमा एमाले प्रदेश नम्बर २ मा पनि पहिलो शक्ति बन्ने दावी गर्नु भयो । उहाले तराई मधेशमा पार्टी प्रवेश गर्ने नेताहरुको लहर चलेको र त्यो जनस्तरसम्म पुग्ने दावी पनि गर्नु भयो । अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले तराई मधेशको विकास निर्माणको कामलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पार्नु भयो ।

अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा एमालेमाथि लगाइएका भ्रमहरु चिर्दै गएकाले पार्टीमा प्रवेश गर्ने क्रम पनि बढदै गएको उल्लेख गर्नु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट