समाचार

केरुङबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको १७ किलो सुन बरामद

रामहरि न्यौपाने ÷रसुवा, २ मँसिर । रसुवा प्रहरीले चीनको केरुङबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको १७ किलो सुन बरामद गरेको छ ।

रसुवाको पार्वतीकुण्ड गाँउपालिका–५ का कर्साङ दाबा तामाङले बा.११ च ८९१८ नंं को गाडीमा लुकाएर ल्याएको अबैध सुन प्रहरी चौकी टिमुरेले बरामद गरेको हो । गाडी धनी तथा चालक समेत रहेका ३१ वर्षका तामाङले बोलेरो जिपको सिटमुनी लुकाएर ल्याएको सुन गोप्य सुराकीको आधारमा आज बिहान बरामद भएको रसुवा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक शरतकुमार थापाले जानकारी दिनुभयो ।

पछिल्लो समय केरुङबाट रसुवागढी भन्सार हुदै अबैध रुपमा नेपालतर्फ सुन भित्रने क्रम बढिरहेको समयमा १७ किलो सुन सहित आज एक जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट