समाचार

कोरियामा तैनाथ अमेरिकी युद्धपोतलाई जापानको ठूलो साथ

जापान, १८ बैशाख । जापानले उत्तर कोरियाली प्रायद्विपमा तैनाथ अमेरिकी नौसैनिक युद्वपोतलाइ साथ दिन भएको छ । उत्तर कोरियाली क्षेप्यास्त्र गतिबिधि लाई रोक्न जापानले आफ्नो सबैभन्दा ठूलो इजुमो नामक युद्वपोत कोरियाली प्रायद्विपमा सुरक्षाको लागी पठाउने निर्णय गरेको हो ।

जापानी रक्षा मन्त्री टोमोमी इनाडाको आदेश अनुरुप इजुमो युद्वपोतले जापानको सिवा प्रान्तको बोसो प्रायद्विप हुँदै सिकोको टापुसम्म अमेरिकी नौसैनिक युद्वपोतलाइ साथ दिनेछ । २ सय ४९ मिटर लामो इजुमो युद्वपोतसँग ९ वटा हेलिकोप्टरहरु परिचालन गर्ने क्षमता रहेको छ । गत बर्षको मार्चमा जापानी सुरक्षा कानुनले आत्मरक्षा बललाइ सामुहिक आत्मरक्षा तथा आफ्ना साझेदार राष्ट्रहरुलाइ आवश्यक सुरक्षाका लागी अभ्यास गर्न सक्ने अधिकार प्रदान गरेको थियो ।

जापानी प्रधानमन्त्री सिन्जो आवेले उत्तर कोरियाले गरेको चौथो क्षेप्यास्त्र परीक्षणको घोर निन्दा गर्दै साझेदार राष्ट्र चीनले पनि कोरियाली क्षेप्यास्त्र नियन्त्रणमा उचित कदम चाल्नुपर्ने बताएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट