समाचार

कोलम्बीयाको आएको बाढी र पहिरोमा ९ जनाको मृत्यु, १९ बेपत्ता

कोलम्बीया,२४ कात्तिक । कोलम्बीयाको दक्षिण पश्चिीमी क्षेत्र कोरिन्टोमा भारी बर्षाका कारण आएको बाढी र पहिरोमा ९ जनाको ज्यान गएको छ ।

कोरिन्टो नगरमा आएको बाढी  र पहिरोमा परि १९ जना हराइरहेका छन् । २८ जनालाइ घाइते अवस्थामा उद्धार गरिएको छ ।

कोरिन्टो नगर नजिकै ला पेला नदीमा आएको बाढीले छिमेकी क्षेत्रहरु ला प्लेया, इस्मेराल्दा, क्यारिजल्स र पेड्रगलमा ३७ घरहरु बगाएको छ ।  बाढी र पहिरोमा हराइरहेकाको उद्धारकार्यमा स्थानीय र सुरक्षाकमीहरु खटिएका छन् ।

राष्ट्रपति जुआन म्यानुअल सान्टोसले बाढी र पहिरोको त्रास कायमै रहेको भन्दै स्थानीयहरुलाइ सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट