समाचार

क्याटालोनियामा भएको स्वतन्त्रता जनमतसङग्रहबारे तनाब चर्कीदै

स्पेन,२४ असोज । स्पेनको स्वायक्त क्षेत्र क्याटालोनियामा भएको स्वतन्त्रता जनमतसङग्रहबारे तनाब चर्कीदै गएको छ ।

स्पेन सरकारले गत अक्टोबर २ मा क्याटालोनियामा भएको स्वतन्त्रता जनमतसङग्रह अस्वीकार्य रहेको बताइरहदा क्याटालोनिया सरकारले भने स्वतन्त्र राज्यको घोषणा गरेरै छोड्ने दाबी गरिरहेको छ ।

जनमतसङग्रहमा स्वतन्त्रताका लागी क्याटालोनीयाका जनताले ९० प्रतिशत बहुमत दिएको भन्दै क्षेत्रीय सरकारले जनमतसङग्रह कार्यन्वयन गर्ने अडान लिइरहदा राष्ट्रिय सरकारसग थप तनाब चर्कीएको हो ।

क्याटालन राष्ट्रपति चार्लस पजमोन्टले संसदमा सम्बोधन गर्दै आफ्नो स्वायत्त क्षेत्रमा स्वतन्त्रताको घोषणा गर्ने दाबी गरेका छन् । क्याटालोनीयालाइ स्पेनबाट अलग गर्न नसकिने भन्दै बार्सिलोना तथा स्पेनका अन्य शहरहरुमा जनमत सङग्रह बिरुद्ध चर्को प्रदर्शनहरु हुदै आएको छ ।

क्याटालोनिया राजधानी बार्सिलोनाका मेयर एदा कोलाउले राष्ट्रिय र क्षेत्रिय सरकार एक आपसमा मिलेर समाधान खोज्नुपर्ने बताएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट