समाचार

क्याटालोनिया आगामी सोमबार स्पेनबाट छुट्टिने

एजेन्सी, १९ असोज । स्पेनको स्वशासित क्षेत्र क्याटालोनियले आगामी सोमबार स्वतन्त्रताको घोषणा गर्ने भएको छ । क्याटालन संसद्को पृथकतावादी समूहका विधायकहरुले आगामी सोमबार बस्ने संसद्को अधिवेसनपछि स्पेनबाट स्वतन्त्रताको घोषणा गर्ने जनाएका हुन् ।

गत अक्टोबरमा १ मा स्वतन्त्रताका लागि भएको जनमत सङ्ग्रहको नतिजालाई औपचारिक रुपमा अनुमोदन गरी क्याटालन संसद्मा स्वतन्त्रताको घोषणा गरिने जनाइएको छ ।

जनमत सङ्ग्रहमा क्याटालोनिया स्पेनबाट स्वतन्त्र हुनुपर्ने पक्षमा भारी बहुमत आएको थियो । क्याटालन राष्ट्रपति कार्लस पुज्दमोनले अहिले स्वतन्त्रता प्राप्त गर्न इतिहासकै सबैभन्दा सुनौलो अवसर रहेका कारण कुनै पनि अवस्थामा स्वतन्त्रताको घोषणा गर्ने जनाएका छन् ।

स्पेनी नरेश फिलिपे छैटौले क्याटलोनियाका नेताहरुले गर्न लागेको स्वतन्त्रताको घोषणा गैर जिम्मेवार तथा गैर कानूनी भएको जनाएका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट