समाचार

खरबुजाबाट मनग्ये आम्दानी गर्दै कपिलवस्तुका कृषक

कपिलवस्तु । कपिलवस्तुको बुद्धुभुमी नगरपालिका– ९ धनकौली गाउँका कृषकहरुले खरबुजा उत्पादनबाट मनग्य आम्दानी गर्न थालेका छन् ।
जिल्लाको बाणगंंगा नदीले बनाएको बगरमा हरियो तरबुजा र खरबुजा उत्पादन गरी उनिहरुले राम्रो आम्दानी गर्ने गरेका हुन् । सुख्खा बालुवामय बगर बनेको जग्गामा समेत नमूनाका रुपमा खरबुजा उत्पादन गरी ५० हजार देखि १ लाख सम्मको आम्दानी गरेका हुन ।
कृषकहरुले ३ देखि १० कठ्ठा सम्म खरबुजा लगाएका छन ।

५ कठ्ठामा खरबुजा लगाएका साबिक धनकौली गाबिस– ९ मोतिनगरका कृषक अमरजित केवटले खरबुजा बेचेरै यसवर्ष ८० हजार रुपैयाँ आम्दानी हुने अपेक्षा गर्नुभयो ।
जिल्लामा ६५ हेक्टरमा तरबुजा खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालयले जनाएको छ ।

कार्यालय अनुसार यस बर्ष १३ सय मेट्रिक टन तरबुजा उत्पादन भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट