समाचार

खाडी तनाव अन्त्य गर्न अमेरिकी सक्रियता, अमेरिकी विदेशमन्त्री खाडीको भ्रमणमा

एजेन्सी, २७ असार । साउदी अरब नेतृत्वको गठबन्धले कतारमाथी लगाएको नाकाबन्दीका कारण खाडी क्षेत्रमा उत्पन्न तनाव अन्त्यका लागि अमेरिकाले कुटनीतिक पहल शुरु गरेको छ ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले साउदी गठबन्धन र कतारबीच मध्यस्थता गरिरहेको कुबेत पुगेका छन । कुवेतको ४ दिने बसाईका क्रममा विदेशमन्त्री टिलरसनले हालसम्म भइरहेको कुटनीतिक प्रयत्न र संभाब्य समाधानबारे छलफल गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

टिल्लरसन कुवेतको भ्रमण पछि कतार जानेछन । कतारका उच्च अधिकारीहरुसंगको भेटवार्तापछि टिल्लरसनले साउदी अरबको भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा टिल्लरसनले संकट समाधानका लागि मध्यस्थता गरी कुटनीतिक समाधान खोज्ने जनाइएको छ । साउदी अरबसहित इजीप्ट, युनाइटेड अरब इमिरेट्स र बहराइनले कतारसमक्ष पठाएको १३ बुंदे शर्तहरु कतारले अस्वीकार गरेपछि खाडी संकट लम्बिएको छ ।

साउदी अरब गठबन्धनका देशहरुले कतारले आतंकबादीलाई सहायता गरेको, इरानसंग घनिष्ट सम्बन्ध राखेको तथा अरब देशहरुको आन्तरिक मामिलामा हस्तक्षेप गरेको लगायतका आरोप लगाउ“दै कुटनीतिक सम्बन्ध तोडि नाकाबन्दीको घोषणा गरेका थिए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट