समाचार

गणतन्त्र अाएपछि पहिलोपटक मनाइयो पृथ्वीजयन्ती, राष्ट्रपति समेत सहभागी

काठमाडौ, २७ पुस । आज पृथ्वीजयन्ती, लोकतन्त्रको एक दशक पछि पृथ्वीनारायण शाहको जन्मजयन्ती लाई राष्ट्रिय एकता दिवसको रुपमा औपचारिक रुपमा नै मनाईएको छ ।

विहिबार सिंहदरबारको मुख्य गेट अगाडि अवस्थित पृथ्वीनारायणको शालिकमा राष्ट्रपछि विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । सो अवसरमा नेपाली सेनाबाट सलामी दिईएको थियो ।

त्यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । उपप्रधानमन्त्री कमल थापा, प्रधानसेनापति राजेन्द्र क्षेत्री लगायत सरकारका अन्य मन्त्रीहरु तथा राजनीतिक दलका नेता कार्यकर्ताहरुले पनि शाहको शालिकमा माल्यार्पण गरी सम्मान प्रकट गरेका थिए ।

पृथ्वीनारायणको शालिकमा माल्यार्पण गर्नका लागि ठुलो संख्यामा सर्वसाधरणहरुपनि पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले राष्ट्रिय एकता दिवसको रुपमा पृथ्वीजयन्ती मनाउने सरकारको निर्णयले इतिहास र पृथ्वीनारायण शाहको योगदान प्रति सम्मान पुगेको प्रतिक्रिया दिनुभयो ।

२०६२÷२०६३ को आन्दोलन पछि प्राप्त लोकतन्त्रपछि औपचारिक रुपमा नै एकता दिवस मनाउन छाडिएको थियो । तर वर्तमान सरकारले यो दिवसलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने गरि सार्वजनिक विदा दिएपछि यसको महत्व अझै बढेर आएको छ । लोकतन्त्र प्राप्ती संगै मुलुकका विभिन्न स्थानमा राखिएको शाहबंशिय राजाहरुको शालिक हटाउनुको साथै पुर्वपश्चिम राजमार्गहरुलाई पनि लोकमार्गको नाम दिईएको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट