समाचार

गद्धाफीबाट दशौँ लाख युरो लिएको अभियोगमा फ्रान्सका पूर्वराष्ट्रपति पक्राउ

एजेन्सी । आफ्नो चुनावी अभियानमा खर्च गर्नका लागि लिबियाका पूर्व शासक कर्णेल मोअम्मर गद्धाफीबाट दशौँ लाख युरो लिएको अभियोगमा फ्रान्सका पूर्व राष्ट्रपति निकालस सार्कोजी पक्राउ परेका छन् ।

सार्कोजीलाई उत्तरी पेरिसको नाटेर प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । उनले सन् २००७ को फ्रान्सेको राष्ट्रपतीय चुनावी अभियानमा लेबनानका एक व्यापारी मार्फत् गद्धाफीबाट ५० लाख युरो लिएको अभियोग लगाइएको छ । त्यसबाहेक उनले विभिन्न माध्यममार्फत् गद्धाफीबाट ५ करोड युरो लिएको अभियोग लागेको छ ।

सार्कोजीले भने गद्धाफीबाट रकम लिएको भन्ने आरोप अस्वीकार गर्दै आएका छन् । सार्कोजी सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सको राष्ट्रपति बनेका थिए । तर, सार्कोजीकै पहलमा लिबियामा गद्धाफीविरुद्ध सुरु भएको विद्रोहलाई फ्रान्सले सहयोग गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट