समाचार

गृहजिल्लामै प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला दहन

विरेन्द्र जैरू । डडेल्धुरा, ४ माघ । प्रदेश नम्बर ७ को राजधानी कैलाली तोकेको विरोधमा गृहजिल्लामै प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पु्त्ला जलाएका छन् ।

बुधबारको मन्त्रिपरिषद बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

Deuwa

प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ला जलाएका हुन् । प्रदर्शनकारीले शव बनाई शवयात्रासमेत गरेका थिए ।

बन्द तथा चक्काजामले मात्र मागको सुनुवाई नभएकाले थप दवाव दिन प्रधानमन्त्रीको पुत्ला दहन गर्नुपरेको आन्दोलनमा संयोजक प्रकाश साउँदले बताए ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट