समाचार

गौचन हत्याको जिम्मेवारी मनोज पुन समुहले लियो

काठमाडौ, २३ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको जिम्मा मनोज पुन समूहले लिएको छ ।

प्रहरी इन्काउन्टरमा मारिएका डन कुमार श्रेष्ठ ‘घैंटे’का खास सहयोगी बस्नेत निकट लोप्साङ राईले काठमाडौं परिसर प्रमुख एसएसपी रविन्द्रसिंह धानुकलाई फोन गरी घटनको जिम्मा लिएका हुन् ।

सोमबार दिउँसो बानेश्वरको खरिवोट नजिकै आक्रमणकारीहरुले ड्राइभर बसेको ठाउँमा ढुंगा र गौचन बसेको ठाउँमा गोली चलाएर भागेका थिए । घाइते अवस्थामा गौचनलाई नजिकैको सिभिल अस्पताल लगिएपनि उनलाई मृत घोषणा गरिएको थियो ।

मनोज पुन समूहले यस अघि युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीमाथि गोली प्रहार गरी हत्या गरेको थियो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट