समाचार

ग्याँस बुलेट दुर्घटना, ग्यास चुहिएपछि आगो नबाल्न आग्रह

तनहुँ, १२ बैशाख । पृथ्वीराजमार्ग अन्तरगत तनहुँको व्यास नगरपालिका–१२ स्थित कमलवारीमा बुधबार बिहान एलपी ग्याँस बुलेट दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

पोखरा तर्फ जाँदै गरेको यमएलओ १ एए ०१०१ नम्बरको ग्यास बुलेट दुर्घटना हुँदा चालक र सहचालक गरी दुई जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको दमौली स्थित रत्नहरी अस्तपालमा उपचार भइरहेको छ ।

सडकबाट करिब ५० मिटर तल खसेको ग्याँस बुलेटबाट ग्याँस चुहिएको हुँदा दुर्घटना वरपरका बासिन्दालाई ग्याँस चुहिन बन्द नभएसम्मका लागि आगो नबाल्न आग्रह गरिएको छ ।

दुर्घटन क्षेत्र वरपर कुनै अप्रिया घटना नघटोस् भनि प्रहरीले सुरक्षा दिइरहेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिनुभयो । त्यस्तै, दुर्घटना पश्चात पोखराबाट प्राविधिकहरु बोलाएर ग्याँस बुलेटलाई सुरक्षित बनाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. Iomoio says:

    Outstanding post, you have pointed out some fantastic points, I as well believe this is a very great website.

    http://www.iomoio.net

  2. Iomoio says:

    Real nice layout and excellent subject material, nothing else we want :D.

    http://www.iomoio.net

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट