समाचार

घटना विविधः ठाउँ ठाउँमा शंकास्पद वस्तु , कहीँ आगजनी, कहीँ झडप

काठमाडाैं, ३० बैशाख । चुनाव हुन एक दिन मात्र बाँकी छ । प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लामा भोलि निर्वाचन हुँदैछ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । चुनावी सुरक्षा व्यवस्था कडा बनाइएको छ । अझ मतदान स्थलमा झन सुरक्षा व्यवस्था चुस्त पारिएको छ । यही बीचमा विभिन्न ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । कहीँ झडप भएको छ कही आगजनीका घटना भएका समाचार सार्वजनिक भइरहेका छन् । तर, पनि सुरक्षा व्यवस्था कडा पारिएका कारण कुनै अप्रिय घटना भने घटेका छैनन् । हामीलाई प्राप्त जानकारी अनुसार कहाँ के भए ?

कास्कीको सभागृह चोकमा शंकास्पद वस्तु :
पोखरा लेखनाथ नगरपालिकास्थित सभागृह चोकमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद वस्तु रहेको खबर पाउने वित्तिकै नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर निस्क्रिय पारेको छ । झाेलामा कुकुर राखिएकाे  थियाे । उक्त वस्तु कुकर बम भएकाे अाशंका पछि सेनाकाे टाेलीले उक्त वस्तु निस्किय पारेकाे हाे ।

भरतपुरमा शंकास्पद वस्तु
भरतपुरको चितवन मेडिकल कलेज अगाडि सडकमा शंकास्पद बस्तु फेला परेको हो । सडकको बीचमा फेला परेको शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । उक्त स्थानमा फेला परेको बस्तु बम नभएर पेन्टको डिब्बामा भित्र बालुवा रहेको प्रहरीले जानकारी दिएको छ । यसैबीच भरतपुर बसपार्कमा समेत शंकास्पद बस्तु फेला परेको छ । सो बस्तुलार्इ पनि सेनाले डिस्पोज गरेको छ ।

तनहुँमा दुई बसमा आगजनी
अज्ञात समुहले तनहुँमा २ सवारी साधनमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ऋषिड्ग गाउँपालिका ६ चालिसेमा रोकिराखेको ना ३ ख ३५२५ नम्बरको यात्रु बहाक बस र गाउँपालिका १ बेलभन्ज्याड्गमा ना ३ ख ९११६ नम्बरको ट्रकमा बिहान ५ः३० बजे आगजनी भएको हो । त्यस्तै, दमौली स्थित भोर्लेटार चोकमा र जिल्ला वन कार्यालय परिसरमा संकास्पद वस्तु भेटिएको प्रहरीले जनएको छ ।

काभ्रेमा एमाले र माअाेवादी केन्द्रका कार्यकर्ताबीच झडपः
काभ्रेको बेथानचोक गाउपालिकामा एमाले र माअाेवादी केन्द्रका कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपका क्रममा एमालेका केही कार्यकर्ता घाइते भएको जनाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइेत भएका हर्क तामाङकाे धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न केहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हाम्रा सहकर्मी रामसुन्दर आचार्यले दिएको जानकारी अनुसार जिल्लामा चुनावी माहोल बढिरहेको छ । चुनावमा मतदान गर्न मतदाता आतुर देखिएको भए पनि विभिन्न दलहरुले भने निर्वाचन आचारसंहिता उल्लंघन गरिहेका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट