समाचार

घुम्ती सेवा शिविरबाट पाचसय बढी नागरिक लाभान्वित

नुवाकोट, २९ साउन । जिल्ला प्रशासन कार्यालय नुवाकोटको आयोजनामा मेघाङ गाँउपालिकाको देउरालीमा सञ्चालन भएको दुई दिने एकीकृत घुम्ती सेवा शिविरमा पाचसय बढी नागरिकले लाभ पाएका छन् ।

जिल्लाको भौगोलिक र आर्थिक विकासको सुचाङ्क अनुसार निकै दुर्गम बस्तीमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा जिल्ला स्थित आधा दर्जन कार्यालयको सेवा नागरिकहरुको बस्तीबाट प्रवाह गरिएको हो ।

ग्रामीण क्षेत्रका बासिन्दालाई घरदैलोबाट सेवा पु¥याउने लक्ष्य अनुसार शिविरमा जिल्ला प्रशासन कार्यालय सहित पशु सेवा, कृषि विकास, स्वास्थ्य, वन, निर्वाचन लगायतका कार्यालयले प्रवाह गर्ने सेवा दिइएको छ ।

शिविरमा १ सय २० जनालाई नया नागरिकता प्रदान, १ सय ८६ जनाको फोटो सहितको मतदाता नामावली संकलन, ५२ घरपरिवार किसानलाई कृषि खेती तथा पशु पालन परामर्श, १ सय २३ जना बिरामीको निःशुल्क स्वास्थ्य जाँच एंव औषधि वितरण गरिएको प्रमुख जिल्ला अधिकारी जगदीशराज बरालले जानकारी दिनुभयो । शिविरमा मेघाङ गाँउपालिका भित्र पर्ने किम्ताङ, बुङताङ, देउराली, सामरी र बसुन्चेतका बासिन्दा सेवा पाएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट