समाचार

चर्को आलोचनाबीच उत्तर कोरियाले क्षेप्याष्त्र परिक्षण गर्यो

एजेन्सी, १४ साउन । अन्तर्राष्ट्रिय समुदायको चर्को आर्थिक नाकाबन्दी तथा आलोचना खेपिरहेको उत्तर कोरियाले तीन साताको अवधीमा दोश्रोपटक अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परिक्षण गरेको छ ।

स्थानीय समयअनुसार गएराती ११ बजेर ४५ मिनेटमा उत्तर कोरियाले क्षेप्यास्त्र परिक्षण गरेको अमेरिकी तथा दक्षिण कोरियाली सैनिक अधिकारीले जनाएका छन् । उत्तर कोरियाको उत्तरी प्रान्तमा रहेको जानगाङ प्रँन्तबाट प्रक्षेपण गरिएको क्षेप्यास्त्र ३ हजार ५ सय किलोमिटरको उचाइमा पुग्दै १ हजार किलोमिटर टाढा जापानको समुद्रमा खसेको बताइएको छ ।

उत्तर कोरियाको समाचार संस्था केसीएनएले क्षेप्यास्त्र परिक्षणको पुष्टि गर्दै अमेरिकालाई चेतावनी दिनका लागि परिक्षण गरेको जनाएको छ । पछिल्लो क्षेप्यास्त्र यसअघि गत जुलाई ४ मा उत्तर कोरियाले परिक्षण गरेको क्षेप्यास्त्र भन्दा शक्तिशाली रहेको र यसले अमेरिकाको पश्चिमी तटमा रहेका शहरहरुसम्म मार हान्न सक्ने जनाइएको छ ।

तर, यसले शिकागो तथा डेनिभर लगायतका अमेरिकाको मध्यभागमा रहेका शहरहरुसम्म मार हान्न सक्ने विशेषज्ञहरुले जनाएका छन् । पछिल्लो क्षेप्यास्त्रले अमेरिकी मुख्यभूमीका सम्पुर्ण क्षेत्रहरुमा मार हान्न सक्ने केसीएनएको दाबी छ । उत्तर कोरियाको क्षेप्यास्त्र परिक्षणको अमेरिकी, जापानी तथा दक्षिण कोरियाली अधिकारीले विरोध गरेका छन् । परिक्षणको विरोधमा अमेरिका र दक्षिण कोरियाले सैनिक अभ्यास गरेको जनाइएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट