समाचार

चार डिअाइजीलाइ एअाइजी बनाउने सरकारकाे निर्णय

काठमाडौं, ६ मंसीर । सरकारले नेपाल प्रहरीका चार जना डिआइजीलाई एआइजीमा बढुवा गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआइजीमा बढुवा गरेको हो ।

यसअघि नै बढुवा सिफारिस समितिले चारै जना डिआइजीलाई एआइजीको बढुवाको सिफारिस गरेको थियो ।

उनीहरु विरुद्ध कुनै पनि उजुरी नआएपछि सरकारले बढुवा गर्ने निर्णय गरेको हो । एआइजीमा बढुवा भएका चारै जना प्रहरी महानिरीक्षक प्रकाश अर्यालकै ब्याची हुन् ।

गत कात्तिक २७ गते बढुवा सिफारिस समितिको बैठकले उनीहरुलाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट