समाचार

चालु आर्थिक बर्षमा ४ वटा वायु प्रदूषण मापन यन्त्र राखिदै

काठमाडौ, ६ माघ । पछिल्लो अध्ययन अनुसार विश्वका वायु प्रदुषण उच्च रहेका सहरमध्ये दुई हजार ९ सय ७३ सहरमा काठमाडौँ २ सय ६१ नम्बरमा परेको छ ।

अध्यन अनुसार, काठमाडौँ उपत्यकामा वायु प्रदूषणको ६० प्रतिशत हिस्सा सवारी साधनको छ । गत श्रावणमा बढ्दो धुँवाधूलो र प्रदुषण मापनका लागि बातावरण विभागले काठमाडौँ उपत्यका तथा काभ्रेको धुलिखेल सहित विभिन्न १५ स्थानमा वायु प्रदूषण मापन यन्त्र राख्ने निर्णय गरेको थियो । तर अहिलेसम्म जम्मा १२ वटा यन्त्र जडान भएका छन् । विभागका अनुसार चालु आर्थिक बर्षमा अब ४ वटा यन्त्र थपिने छ ।

वातावरण विभागले वायू प्रदुषण नियन्त्रण गर्न र वातावरणको गुणस्तर कायम राख्न प्रधानमन्त्रीको कार्यलय, यातायात विभाग र ट्राफिक प्रहरीसंगको समन्वयमा पेट्रोल तथा डिजेल बाट चल्ने गाडीको अवस्था परिक्षणको काम गरिरहेको छ । साथै उद्योग धन्दालाई पनि प्रदुषण मापदण्ड अनुसार कारबाही हुने विभागले जनाएको छ ।

पछिल्लो समय उपत्यकामा थालिएको सडक विस्तार आयोजना र मेलम्चीको पाइृप लाईन र ढल व्यवस्थापनको कामले काठमाडौको आकास थप धुलाम्य बनेको छ । उपत्यकामा यातायातका साधनमा अत्याधीक वृद्धि भएको र भौतीक संरचना निमार्णको काम समयमै पुरा नहुँदा वायु प्रदूषणको मात्रा बढेको विभागको भनाई छ ।

नेपालमा वायु गुणस्तर सम्बन्धी मापदण्ड, २०६९ अनुसार धुलो पी.एम २.५ अर्थात ४० माइक्रोग्राम भन्दा बढी हुनु हुँदैन । तर काठमाडौँ उपत्यकामा हिउँदको समयमा मापदण्ड भन्दा निकै बढी अर्थात १ सय ७५ माईक्रोग्राम सम्म पुग्ने गरेको छ ।

वायु प्रदुषण उच्च हुदै जाँदा यसको प्रत्यक्ष असर सडक तथा सार्वजनीक यातायातमा ओहोर दोहोर गर्ने सामान्य नागरिकमा बढी परिरहेको छ

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट