समाचार

चितवन अपडेट– दाहाल र ज्ञवालीको मतान्तर ४ मा झर्यो

चितवन, २१ साउन । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका देवी ज्ञवाली बीचको मतान्तर ४ मा झरेको छ ।

२० नम्बर वडाको १ हजार ६ सय मत गणना हुँदा दाहाल भन्दा ज्ञवाली मात्र ४ मतले अघि छन् ।
मतपरिणाम अनुसार ज्ञवालीले ४२ हजार ४ सय १८ मत प्राप्त गर्नुभएको छ भने दाहालले ४२ हजार ४ सय १४ मत ल्याउनुभएको छ ।

आज रातिसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट