समाचार

चितुवाको छाला सहित दुई जना पक्राउ

सुनसरी,२९ माघ । अवैध चितुवाको छाला सहित इलाका प्रहरी कार्यालय इटहरीले दुई जनालाई पक्राउ गरेको छ ।

इटहरीको झरना होटलमा चितुवाको छाला विक्री गर्न लागेको भन्ने गोप्य सूचनाको आधारमा छापा मारी प्रहरीले इटहरी २ का श्याम बहादुर गुरुङ र इटहरी ६ का विनोद देवानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी संजय राउतले जानकारी दिनुभयो ।

पक्राउ परेका २ जनाको साथबाट प्रहरीले चितुवाको छाला एकथान, ३ लाख ५० हजार नगद, ३ थान मोबाईल सहित गाडी र मोटरसाईकलको चावी बरामत गरेको इटहरी प्रहरीले जनाएको छ ।  पक्राउ परेका व्यक्ति र बरामद गरिएको छाला जिल्ला बन कार्यालयलाई बुझाई थप कारबाही अघि बढाईने डिएसपी संजय राउतले जानकारी दिनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट