समाचार

चिनियाँ १३ औँ जनकाँग्रेसको पहिलो अधिवेशन सम्पन्न

एजेन्सी । चिनियाँ कम्यूनिष्ट पार्टीको तेह्रौं जनकांग्रेसको पहिलो अधिवेशन राजधानी बेईजिङमा सम्पन्न भएको छ । जनकांग्रेसको समापन समारोहमा चीनका राष्ट्रपती सि जिन फिङले मुलुकको सर्वभौमकिता र भूभागको अखण्डता संरक्षणका लागि जस्तोसुकै युद्ध लड्न पनि चीनीयाँ जनता तयार रहेको बताएका छन् ।

चिनियाँ जनता ऐतिहासिक मातृभूमिलाई अलग्याउने कर्तुत विरुद्ध प्रतिबद्ध रहेको भन्दै राष्ट्रपती सिले देश अलग्याउने कुनै पनि गतिविधि पराजित हुने दोहो¥याएका हुन् । पुनः राष्ट्राध्यक्ष नियुक्त भएका सीले चीनको हरेक भूभाग चीनबाट अलग्याउने सम्भावना नरहेको जिकिर पनि गरेका छन् । संविधानले सुम्पेको जिम्मेवारी व्यवहारमा उतार्दै जनताको सेवकको हैसियतले जनताको निगरानीमा काम गर्दै जाने प्रतिवद्धता पनि सिले व्यक्त गरेका छन् ।

चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा मुलुक अघि बढेको प्रसंग जोड्दै राष्ट्रपती सिले कुनै पनि शक्तिले चिनियाँको सपनामा बाधा सिर्जना गर्न नसक्ने दावी गरे । तीन दिन अघि पुनः राष्ट्राध्यक्ष निर्वार्चित् सिले चीनीया जनसेनालाई विश्वको उत्कृष्ट सशस्त्र शक्ति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । हङकङ र मकाउको प्रश्नमा राष्ट्रपती सिले उच्च स्वशासनको कार्यनीति अनुसार “एक देश दुई व्यवस्था” स्विकारिएको र एक चीनको नीति विपरित् कोहि जान नसक्ने चेतावनी समेत दिएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

3 comments

  1. buy board games says:

    As soon as I found this site I went on reddit to share some of the love with them.

    http://www.strategyboardgames.co.uk/sheriff-nottingham-review/

  2. tubidy free music download says:

    I really treasure your piece of work, Great post.

    http://www.mp3fiesta.net

  3. download music says:

    I truly enjoy looking through on this site, it contains wonderful blog posts.

    http://www.iomoio.co.uk/bonus.php

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट