समाचार

चिनिया कम्युनिष्ट पार्टीको १९ औ महाधिवेशन शुरु

एजेन्सी, १ कात्तिक । चिनिया कम्युनिष्ट पार्टीको १९औ महाधिवेसन आजबाट सुरु भएको छ ।

राजधानी बेइजिङमा रहेको ग्रेट हल अफ पिपुलमा महाधिवेसन सुरु भएको हो । हरेक ५ वर्षको अन्तरालमा हुदै आएको महाधिवेसनको उद्घाटन समारोहमा सम्बोधन गर्दै चिनिया राष्ट्रपति सी जिनपिङले चीनलाई आधुनिक समाजवादी मुलुकको रुपमा विकास गर्ने घोषणा गरेका छन् ।

चीन विश्वका लागि खुला रहने तर, विश्वका कुनै मुलुकको राजनीतिक प्रणालीको नक्कल नगर्ने राष्ट्रपति सीको भनाई थियो । महाधिवेसनमा राष्ट्रपति सीले चीनको भविष्यबारे तयार पारेको प्रतिवेदन प्रस्तुत गरेका छन् । साढे तीन घण्टा लामो सम्बोधनका क्रममा राष्ट्रपति जिनपीङले अब चीनमा नया युगको सुरुवात हुने समेत बताए ।

जीनपीङले आफ्नो सम्बोधनका क्रममा चीनमा व्याप्त भ्रष्टाचारलाई निर्मूल पार्ने अठोट व्यक्त गरे । सन् २०३५ सम्म चीनलाई आधारभूत रुपमा आधुनिक समाजवादी मुलुकका रुपमा तथा सन् २०५० सम्म विश्वकै सबैभन्दा शक्तिशाली मुलुकको रुपमा स्थापित गर्ने सीको भनाई थियो । महाधिवेसनमा चीनभरीबाट २ हजार २ सय ८७ प्रतिनिधी सहभागी छन् ।

महाधिवेसनले चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको चयन गर्नेछ । यहि महाधिवेसन मार्पmत् पार्टीको पोलिटव्युरो तथा स्ट्याण्डिङ कमिटीको गठन हुनेछ । यसै महाधिवेसनमा चीनको कन्द्रिय सैनिक आयोगको समेत गठन हुनेछ ।

महाधिवेसनमा राष्ट्रपति सी जिनपिङले आफ्नो दोश्रो कार्यकालका योजना तथा नीतिहरु प्रस्तुत गर्ने जनाइएको छ । महाधिवेसन एक सातासम्म चल्नेछ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट