समाचार

चिनिया र उत्तर कोरियाली १३ संस्थामाथि अमेरिकाले लगायो नाकाबन्दी

एजेन्सी, ६ मंसीर । अमेरिकाले १३ चिनिया तथा उत्तर कोरियाली संस्थालाई नाकाबन्दी लगाएको छ ।

उत्तर कोरियाको आणविक कार्यक्रमलाई लक्षित गरी लगाइएको नाकाबन्दीको अवज्ञा गरेको भन्दै अमेरिकाको टेजरी डिपार्टमेन्टले उत्तर कोरियाको सीमा क्षेत्रमा रहेको डाङ्डोङ शहरमा रहेका संस्थाहरुमाथी नाकाबन्दी लगाएको हो ।

चीनबाट उत्तर कोरियामा निर्यात हुने दैनिक उपभोग्य वस्तुलाई केन्द्रित गरी नाकाबन्दी लगाइएको हो । त्यस्तै, उत्तर कोरियाको आणविक कार्यक्रममा खर्च संकलन गर्न अरु मुलुकमा औद्योगिक कामदार पठाउने गरेको आरोपमा अमेरिकाले उत्तर कोरियाली संस्थाहरुमाथी पनि नाकाबन्दी लगाएको छ ।

उत्तर कोरियाले पोल्याण्ड, रुस, कम्बोडिया, चीन, लगायतका मुलुकमा कामदार पठाउने गरेको छ । त्यसबाट आएको पैसा मुलुकको आणविक कार्यक्रममा खर्च हुदै आएको बताइन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतंकवादलाई प्रायोजन गर्ने मुलुकको सूचीमा राखेको भोलिपल्टै यस्तो नाकाबन्दीको घोषणा गरिएको हो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट