समाचार

चीनमा ट्याङ्कर र पानीजहाज ठोक्किदा ३२ जना बेपत्ता

एजेन्सी, २३ पुस । चीनको पुर्वी समुद्री बाटोमा इन्धन बोक्ने ट्याङकर र मालबाहक पानीजहाज एक आपसमा ठोक्किदा ३२ जना चालक दलका सदस्य बेपत्ता भएका छन् । चीनको पुर्वी समुद्री बाटोमा इरानी सान्ची नामको इन्धन बोक्ने ट्याङकर र हङकङको सी. एफ. क्रीस्टल नामको मालबाहक पानीजहाज एक आपसमा ठोक्किएको हो ।

घाइतेहरु सबै इन्धन बोक्ने टङ्याङ्करको चालक सदस्य छन् । बेपत्ता चालक दलका सदस्यमध्ये ३० जना इरानी र २ जना बङ्गलादेशी नागरिक रहेको जनाइएको छ । मालबाहक पानी जहाजका सबै २१ जना सदस्यलाइ भने उद्धार गरिएको चीनीया अधिकारिले जनाएका छन् ।

एक लाख ३६ हजार टन इन्धन बोकेको ट्याङ्कर इरानबाट दक्षिण कोरियातर्फ गइरहेको थियो । क्रीस्टल मालबाहक पानीजहाज भने अमेरिकाबाट ६४ हजार टन खाद्यसामाग्री बोकेर चीनको दक्षिणपुर्वी तटिय प्रान्त गुआङ्दोङ्तर्फ गइरहेको थियो । बेपक्ताहरुको खोजी कार्यमा चीनले ८ ओटा पनडुब्बी परिचालन गरेको छ भने दक्षिण कोरियाली सरकारले तटिय उद्धारकर्मी खटाएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट