समाचार

चीनले बढायो अमेरिकी सामानमा भन्सार महशुल

एजेन्सी । अमेरिकाले चीनबाट आयात हुने थप सामानमा भन्सार महशुल बढाउने घोषणा गरेको बदलामा चीनले पनि अमेरिकी सामानमा भन्सार महशुल बढाएको छ ।

चीनले अमेरिकाबाट आयात हुने सोयबिन, कपास र अरु कृषि सामग्री, रक्सी, रसायन तथा हवाइजहाज, मोटर कार र अरु कलपुर्जामा २५ प्रतिशत भन्सार महशुल बढाएको हो । चीनले १ सय ६ किसिमका अमेरिकी सामानमा भन्सार महशुल बढाएको हो ।

यसअघिअमेरिकाले चीनबाट आयात हुने १३ सय किसिमका अत्याधुनिक तथा औद्योगिक सामानमा २५ प्रतिशतसम्म भन्सार महशुल बढाएको घोषणा गरेको थियो ।

यसअनुसार चीनबाट अमेरिकामा निर्यात हुने रसायनिक सामग्री, औषधीजन्य वस्तु, यातायात तथा मेसिनका कलपुर्जा लगायतका सामानमा भन्सार महशुल बढाइएको थियो । विश्वका सबैभन्दा ठूला दुई अर्थतन्त्रहरु एकले अर्काको सामानमा भन्सार महशुल बढाइरह“दा विश्वमा व्यापारिक युद्ध सुरु हुने चिन्ता उत्पन्न हुन थालेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट