समाचार

चीनसँग भएको सम्झौता कार्यान्वयनमा उपराष्ट्रपतिको चिन्ता

काठमाडौ, ६ फागनु । उपराष्ट्रपति नन्दबहादुर पुनले चीनसँग भएको सम्झौता कार्यान्वयन गर्न ढिलाई भएकोमा चिन्ता व्यक्त गर्नु भएको छ ।
उपराष्ट्रपति पुनले सरकार परिवर्तन भएपनि परराष्ट्र नीति परिवर्तन गर्न नहुनेमा पनि जोड दिनु भयो । नेपाल विश्व सम्बन्ध परिषद्को ६९ औं वार्षिक उत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले छिमेकी मुलुकसँग भएको सम्झौंता छिटोभन्दा छिटो कार्यान्वयनमा लैजानुपर्ने आवश्यक्ता औल्याउनु भयो । उपराष्ट्रपति पुनले विगतमा भएको सहमति कार्यान्वयनमा ढिलाई भए छिमेकसँगको सम्बन्ध बलियो हुन नसक्ने पनि स्पष्ट पार्नु भयो ।
उपराष्ट्रपति पुनले राष्ट्रिय नीतिमा एकरुपता नल्याई कुटनीतिक सफलता हात पार्न नसकिने पनि उल्लेख गर्नु भयो । उहाँले जनताको स्वार्थ अनुकूल परराष्ट्र नीति बनाउन नसक्दा छिमेकसँगको सम्बन्धमा चिसोपना आउने गरेको पनि स्मरण गराउनु भयो ।
कार्यक्रममा परराष्ट्रविद्हरुले राष्ट्रिय स्वार्थ अनुकूल परराष्ट्र नीति बनाउनुपर्ने आवश्यक्ता औल्याएका थिए । परिषदले नेपालको परराष्ट्र नीति समय अनुकूल परिवर्तन गर्दै लैजानुपर्नेमा जोड दिँदै आएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट