समाचार

चीनिया पूर्ववरिष्ठ नेतालाई भ्रष्टाचारको आरोपमा जन्मकैदको फैसला

एजेन्सी । चीनको अदालतले भ्रष्टचारको अभियोगमा कम्युनिस्ट पार्टीका पुर्व बरिष्ठ नेता सुन जेनकाइ माथि जन्मकैदको सजाय सुनाएको छ । कम्युनिस्ट पार्टी पोलिटब्युरोका पुर्व सदस्य समेत रहेका सुनले करिब दुइ करोड ७० लाख अमेरिकी डलर बराबरको घुस लिएको अदालतले प्रमाणित गरेको हो ।

चीनको तीयानजिन शहरस्थित एक अदालतले पुर्व नेता सुनमाथि जन्मकैदको फैसला गरेको हो । सन् २००२ देखि २०१७ को अवधिमा विभिन्न उच्च सरकारी पदमा रहंदा सुनले चरम भ्रष्टाचार र घुस लिएको अदालतले ठहर गरेको छ ।

राष्ट्रपति सि जिन पिङको भ्रष्टचार र आर्थिक अनियतता बिरुद्धको कठोर कारवाहीमा हजारौं उच्च सरकारी अधिकारी कारवाहीमा परिसकेका छन् । आफुमाथिको आरोप स्वीकार गर्दै सुनले अदालतको फैसलामाथि अपिल नगर्ने बताएका छन् ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट