समाचार

चुनावको मिति घोषणा नगरे सरकारको विकल्प खोज्ने चेतावनी

भक्तपुर, ६ फागुन । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले तत्काल स्थानीय निर्वाचनको मिति घोषणा नगरे सरकारको विकल्प खोज्न बाध्य हुने चेतावनी दिनु भएको छ ।
सचिव भट्टराईले राष्ट्रिय सहमतिको सरकार बनाएर निर्वाचनमा जान पनि आफ्नो पार्टी तयार रहेको स्पष्ट पार्नु भयो । शुक्रबार रफत सञ्चार क्लवले भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सचिव भट्टराईले संविधानले तोकेको समयसीमाभित्र तीनै तहको निर्वाचन गर्न नसक्ने हो भने वर्तमान सरकारको औचित्य समाप्त हुने जिकीर पनि गर्नु भयो । सचिव भट्टराईले चुनाव गर्न नसक्ने हो भने प्रधानमन्त्रीले इमानदारपूर्वक राजीनामा दिनुपर्ने पनि बताउनु भयो ।
सचिव भट्टराईले मधेस केन्द्रित दलहरुलाई पनि संवैधानिक बाटोबाटै समस्याको समाधान खोज्न आग्रह गर्नु भएको छ । उहाँले मधेशवादी दलहरुले संविधानको मर्म विपरित संविधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने अडान लिएको आरोप पनि लगाउनु भयो । सचिव भट्टराईले निर्वाचनमा गएर आफ्नो जनमत मापन गर्न मधेशवादी दल तयार हुनुपर्ने पनि उल्लेख गर्नु भयो । सचिव भट्टराईले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्ने पार्टीको अडान पनि दोहो¥याउनु भयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

0

थप केही अन्तराष्ट्रिय समाचारबाट