समाचार

चुनावको वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

काठमाडौं ५ चैत । प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनाव अनुकुल राजनीतिक वातावरण बनाउन आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री निवाश बालुवाटारमा आज विहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर प्रमुख निर्वाचन आयुक्त यादवले चुनाव अनुकुल राजनीतिक वातावरण बनाउन आग्रह गर्नुभएको हो । चुनावका लागि निर्वाचन आयोगले पूर्ण तयारी गरिसकेको भन्दै प्रमुख निर्वाचन आयुक्त यादवले अब सरकारले चुनाव अनुकुल वातावरण बनाउन बाकी रहेको बताउनुभयो ।
उहाले मधेशी मोर्चासहित संसद भित्र र बाहिर रहेका दलहरुलाई पनि समेटे मात्र चुनावका लागि राजनीतिक वातारण तयार हुने बताउनुभयो ।
प्रमुख निर्वाचन आयुक्त यादवले सफलतापूर्वक चुनाव सम्पन्न गर्न अझैपनि राजनीतिक रुपले कठिन रहेको टिप्पणी गर्नुभयो । उहाले अहिलेकै अवस्थामा तराई–मधेशका जिल्लाहरुमा चुनाव केन्द्रित काम गर्न आयोगलाई कठिन भएको बताउनुभयो । जवाफमा प्रधानमन्त्री दाहालले राजनीतिक वातावरण निर्माण गर्न सरकार लागिरहेको र छिट्टै राजनीतिक समस्या पनि समाधान हुने दावी गर्नुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट