समाचार

चुनावको सुरक्षा व्यवस्था मजबुत् बनाइएको सरकारको दाबी, ढुक्क भएर मतदान गर्न आग्रह

काठमाडौ, १६ मंसीर । सरकारले आगामी २१ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावको सुरक्षा व्यवस्था मजबुद पारिएको जानकारी दिएको छ ।

गृह मन्त्रालयले आज पत्रकार सम्मेलन गरी दोस्रो चरणमा चुनाव हुने ठाउहरूमा सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिएको हो । गृह मन्त्रालयले पत्रकार सम्मेलनमा निर्वाचन सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको भन्दै शान्तिपुर्ण रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहन सेमत आग्रह आग्रह गरेको छ ।

निर्वाचन सुरक्षाको तयारी शसक्त ढंगबाट अघि बढेको भन्दै मन्त्रालयले उम्मेदवार, मतदाता, निर्वाचन कार्यालय लगायतको सुरक्षा गर्न सरकार सक्षम रहेको जनाएको छ । पत्रकार सम्मेलनमा गृह प्रवक्ता नारायण प्रसाद शर्मा दुवाडीले सबै सुरक्षा अंगहरु निर्वाचन सुरक्षाप्रति गम्भीर र संवेदनशील रहेको भन्दै निर्धक्क भएर मतदानमा सहभागी हुन आव्हान पनि गर्नुभयो ।

प्रवक्ता दुवाडीले मुलुकभर भएका केही निर्वाचन विरोधी घटनाहरु पनि अव नियन्त्रणमा आउने विश्वास आफुले लिएको भन्दै स्वच्छ र सुरक्षित निर्वाचन सम्पन्न गर्न सरकार सक्षम रहेको बताउनुभयो । मुलुकका विभिन्न स्थानमा भएका निर्वाचन विरोधी घटनामा संलग्नहरु नियन्त्रणमा आइसकेको बताउ“दै प्रवक्ता दुवाडीले दोषिलाई कारवाही चलाइने बताउनुभयो ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट