समाचार

चुनावमा खटिने कर्मचारीले मतदान गर्न नपाउने निर्वाचन आयोगको निर्णय सर्वोच्चद्वारा सदर

काठमाडौ, २० कार्तिक । सर्वोच्च अदालतले कर्मचारीहरुलाई आसन्न चुनावमा सहभागी गराउन माग गर्दै दायर रिटमा अन्तरिम आदेश जारी नपर्ने निर्णय सुनाएको छ ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा खटिने कर्मचारीलाई समेत भोट हाल्ने व्यवस्था मिलाउन माग गर्दै महान्यायाधिवक्ता कार्यालयका भरतकुमार मैनालीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

रिटमाथि सुनुवाई गर्दै न्यायाधिशद्वय दीपकराज जोशी र डम्मरबहादुर जोशीको संयुक्त इजलाशले अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला गरेको हो ।

अदालतको फैसलासँगै प्रदेश र प्रतिनिधिसभा चुनावमा कर्मचारीहरुलाई भोटा हाल्न नदिने निर्वाचन आयोगको निर्णय समेत सदर भएको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट