समाचार

चुनावमा सहभागी हुन प्रचण्डको अपिल, दोस्रो चरणको चुनाव तोकिएकै समयमाः प्रधानमन्त्री

समस्त नेपाली आमाबुबा, दिदीबहिनी तथा दाजुभाइहरू,
१. नेपाली जनताको दशकौं लामो संघर्ष र वलिदानबाट प्राप्त संविधान कार्यान्वयनको सन्दर्भमा देश स्थानीय तहको निर्वाचनको संघारमा रहेको छ ।

२. नेपालको संविधानले संघ, प्रदेश र स्थानीय गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरे बमोजिम जनताले दैनिक रुपमा देख्न र अनुभव गर्न सक्ने स्थानीय तहको पहिलो चरणको निर्वाचन यही बैशाख ३१ गते हुदैंछ । भोलि प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका २८३ स्थानीय तहमा १३,५५६ जनप्रतिनिधि छनौट गर्ने कार्यको अन्तिम अवस्थामा छौं । स्थानीय तहको यस ऐतिहासिक चुनावमा सक्रिय रुपमा भाग लिई आफ्नो सार्वभौम मताधिकारको प्रयोग गर्न म सम्पूर्ण मतदाताहरुमा हार्दिक अपिल गर्दछु ।

३. पहिलो चोटि नेपालको संविधानले नेपालको सार्वभौम अधिकार नेपाली जनतामा निहित गरेको छ । लोकतन्त्रमा जनताले मूलतः आफ्नो सार्वभौम अधिकारको प्रयोग गर्ने भनेको निर्वाचनका माध्यमवाट नै हो । अर्को शब्दमा जनताले आफ्नो निर्णायक शक्तिको प्रयोग चुनावमार्फत् गर्दछन् । यस अर्थमा नेपाली जनताले प्राप्त गरेको सार्वभौम अधिकारको प्रयोग गर्ने पहिलो अवसरका रुपमा यस निर्वाचनलाई लिन सकिन्छ ।

४. धेरैले लगभग बीस वर्षको अन्तरालपछि स्थानीय चुनाव हुन गइरहेको भन्ने गरेको पाइन्छ । हो, स्थानीय स्तरमा जन प्रतिनिधि चुन्ने अर्थमा यस्तो चुनाव लामो समय पछि हुन गइरहेको छ । तर म के स्पष्ट पार्न चाहन्छु भने यस्तो प्रकारको चुनाव नेपालमा पहिलो चोटि हुँदैछ । एकातिर यो चुनाव नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउने कडीका रुपमा रहेको छ भने अर्कातिर स्थानीय लोकतन्त्रलाई सुदृढ गर्दै लामो समयदेखि जरा गाडेको एकात्मक र केन्द्रीकृत राज्यसत्ताको अन्त्य गरी संघात्मक शासन व्यवस्थाको स्थापनाका लागि एउटा कोशेढुंगाका रुपमा लिन सकिन्छ । यही चुनावबाटै सिंहदरबार केन्द्रित अधिकार र स्रोत साधनलाई जनताको घर आँगनसम्म पु¥याउनका लागि ढोका खुला हुनेछ ।

५. समावेशिताको दृष्टकोणले पनि यो चुनाव ऐतिहासिक रहेको छ । यो चुनावमा हरेक वडाबाट एक दलित महिला सदस्यसहित दुई जना महिला चुनिने व्यवस्था गरिएबाट लगभग ४० प्रतिशत दिदीबहिनीहरु अनिवार्य रुपमा चुनिएर आँउदै हुनुहुन्छ भने गाउँपालिका र नगरपालिकाका प्रमुख र उप प्रमुख मध्ये एक जना महिला उठाउनै पर्ने व्यवस्थाबाट पनि ठूलो संख्यामा महिलाहरु चुनिएर आउने अवसरको सिर्जना भएको छ । यो भनेको शदियौंदेखि चुलो चौकामा सीमित नेपाली महिलाहरुको सशक्तीकरण र नेतृत्व निर्माणका दिशामा ऐतिहासिक कोशेढुंगा हुनेछ ।

६. यस निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन निर्वाचन आयोगले आफ्नो तर्फबाट सबै उपाय अपनाएको छ भने नेपाल सरकारले पनि आफ्नो तर्फबाट गर्नुपर्ने काममा कुनै कसर बाँकी राखेको छैन । मूलतः शान्ति सुरक्षाको दृष्टिले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न दरिलो र भरपर्दो सुरक्षा प्रबन्ध मिलाइएको छ । तसर्थ सबै मतदाता दिदी बहिनी तथा दाजुभाइहरुलाई यस ऐतिहासिक अवसरको सदुपयोग गर्दै कुनै भय र संकोच विना निर्धक्क भई आफूले चाहेका उम्मेदवारहरुलाई मत खसाल्न हार्दिक अनुरोध गर्दछु ।

७. निर्वाचनको यस पवित्र कार्यमा खटिएका राष्ट्रसेवक कर्मचारी, शिक्षक, सुरक्षाकर्मीसहित सबैलाई संयमतापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दछु भने राजनैतिक दल, संचारकर्मीलगायत सम्पूर्णमा आ—आफ्नो क्षेत्रबाट सहयोगका लागि अपिल गर्न चाहन्छु । सिंगो देश सहभागी भएको लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न आवश्यक छ । भोलि केवल मतदानको दिन मात्र होइन, नेपाली लोकतान्त्रिक इतिहासको महाउत्सवको दिन पनि हो ।

८. संविधानको स्वीकार्यता बढाई मधेशी, थारु, आदिवासी जनजाति लगायतको सहभागिता सुनिश्चित गर्ने अभिप्रायले प्रदेश नं १, २, ५ र ७ मा स्थानीय तहको चुनाव दोस्रो चरमा गरिदै छ । ती प्रदेशमा आगामी जेठ ३१ गतेका लागि निर्वाचनको मिति तय गरिएको छ । म ती प्रदेशका आदरणीय जनसमुदायलाई आफ्ना जनप्रतिनिधि चुन्ने कार्यको तयारीमा सक्रियतापूर्वक लाग्न पनि विशेष अपील गर्दछु । सरकार तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ ।

९. अन्तमा, नेपाली जनताको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तराष्ट्रिय समुदायबाट प्राप्त सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदा झै सहयोग र सदभावको अपेक्षा गर्दछु ।
मितिः ३० वैशाख, २०७४
पुष्पकमल दाहाल ‘प्रचण्ड’

Prachanda 222

SHAREShare on Facebook0Tweet about this on Twitter0

5 comments

  1. 918662 387028Simply a smiling visitant here to share the love (:, btw outstanding pattern . 335330

  2. 622376 915907I havent checked in here for some time because I thought it was obtaining boring, but the last few posts are truly great quality so I guess Ill add you back to my every day bloglist. You deserve it my friend. insurance guides 698985

  3. slave says:

    715279 481487This design is steller! You obviously know how to keep a reader amused. Between your wit and your videos, I was almost moved to start my own blog (well, almostHaHa!) Wonderful job. I really enjoyed what you had to say, and more than that, how you presented it. Too cool! 821217

  4. 803762 521881I quite happy to locate this internet site on bing, just what I was searching for : D too bookmarked . 62751

  5. 843456 591625Nice web site, good and effortless on the eyes and wonderful content material too. Do you need to have many drafts to make a post? 821883

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट