समाचार

चुनावी चलहपहल बढ्दै, आजबाट मतदाता शिक्षा शुरु

काठमाडौ, १ चैत । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले स्वच्छ र निश्पक्ष रुपमा चुनाव सम्पन्न गर्न मतदातालाई मतदाता शिक्षा अनिर्वाय भएको बताउनुभएको छ ।
काठमाडौमा आजवाट सुरु भएको मतदाता शिक्षा मुख्य प्रशिक्षक प्रशिक्षणको उद्घाटन गर्दै प्रमुख आयुक्त यादवले निश्पक्ष चुनाव सम्पन्न गर्न मत बदर नहुने गरी मतदातालाई मतदाता शिक्षा दिनु अनिवार्य रहेको बताउनुभएको हो ।
उहाले निर्वाचन आयोगको अनुगमन राजनीतिक दललाई मात्र नभई निर्वाचन आयोगका कर्मचारीलाई समेत भएको भन्दै आयोगले दिएको निर्देशन अनुसार काम गर्न आग्रह गर्नुभयो । प्रमुख आयुक्त यादवले मतदातालाई शिक्षित बनाउन राजनीतिक दलहरुको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।
कार्यक्रममा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले विगतका निर्वाचन भन्दा यस पटकको निर्वाचन प्रक्रिया निकै जटिल हुने भन्दै मतदातालाई मतदान शिक्षा अपरिहार्य रहेको बताउनुभयो ।
उहाले पहिलेको तुलनामा आगामी निर्वाचनमा उम्मेद्वारको संख्या धेरै हुने जानकारी दिनुभयो । २ दिनसम्म चल्ने प्रशिक्षणमा ५० जना भन्दा बढी मुख्य प्रशिक्षकको सहभागिता रहेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट