समाचार

चुनावी तयारी तिव्र, चुनावको वातावरण बनाउन निर्वाचन आयोगको आग्रह

काठमाडौ, ६ चैत । निर्वाचन आयोगले स्थानीय चुनावको वातावरण बनाउन राजनीतिक दलहरुलाई फेरी आग्रह गरेको छ । आयोगले आन्तरिक सबै तयारी अन्तिम चरणमा पुगेको भन्दै चुनावको वातावरण बनाउन सबै राजनीतिक दललाई फेरी आग्रह गरेको हो । चुनावका लागि मतदाता नामावली अन्तिम चरणमा पुगेको, मतपत्रको छपाई शुरु भएको, मतपेटिका खरिदको प्रक्रिया शुरु गरेको बताएको छ । आयोगले चुनावको वातावरण बनाउन सबै राजनीतिक दलहरुलाई आग्रह समेत गरेको छ । आयोगले २ नम्बर प्रदेशका केही जिल्लामा आयोगकै कार्यलयमा ताला लगाइएको भन्दै लोकतन्त्रको आधारका रुपमा रहेको चुनावमा सबै दल सहभागी हुन समेत आग्रह गरेको छ ।
आयोगले ७ सय ४४ वटा स्थानीय तहमा ३६ हजार ६ सय ३९ जना जनप्रतिनिधि चुनिने र संविधानको समेत कार्यन्वयन हुने भन्दै चुनावका लागि आवश्यक पर्ने सामग्रीको समेत व्यवस्थापन शुरु भएको जनाएको छ ।
निर्वाचन आयोगले राप्रपाको विधान संविधान अनुसार नभएकाले विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र भन्ने व्यवस्था संविधानअनुसारै हटाएको बताएको छ । आयोगले राप्रपालाई विधान संविधानअनुसार बनाएर फेरी ल्याउन पत्र पठाएको र अहिलेसम्म त्यसको जवाफ नआएको बताएको छ ।
बैशाख ३१ गते हुन लागेको स्थानीय तहको चुनावका लागि विषेश सुरक्षासहितको मतदाता परिचयपत्रको छपाई पनि केही दिनमा शुरु गर्ने बताएको छ । यसपालीको चुनावमा १ करोड ४० लाख मतदाता सहभागी हुनेछन् । आयोगले आइतबारदेखि चुनावलाई लक्षित गर्दै मिडिया सेन्टरको समेत शुरुवाता गरेको छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट