समाचार

चुनावी तयारी पुरा, मतदान अधिकृत गाउँ पुगे

काठमाडौ, २६ बैशाख । निर्वाचन आयोगका अनुसार पहिलो चरणको स्थानीय तहको चुनावका लागि केन्द्रिय स्तरमा गर्नुपर्ने सबै काम सकिएको बताएको छ । चुनावका लागि आवश्यक पर्ने सामग्रीसहित बुधबार बेलुकासम्म सबै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुग्ने निर्वाचन आयोगको भनाई छ ।

आयोगले २८ गतेदेखि हरेक मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण हुने र बैशाख २९ र ३० गते स्थानीय स्तरमा राजनीतिक दलको बैठक बसेर ३१ गतेको चुनावी तयारी गर्ने आयोगले जनाएको छ । आयोगले चुनाव सकिएपछि सम्भव भए त्यही दिन नभए जेठ १ गतेदेखि मतगणनाको काम शुरु गर्ने र स्थानीय तहको मतगणना स्थानीय स्तरमै हुने समेत बताएको छ ।

आयोगले तोकेभन्दा ठुलो साइजको व्यानर दलहरुले प्रचारका लागि प्रयोग गरेको पाइएको भन्दै तत्काल हटाउन समेत राजनीतिक दलहरुलाई निर्देशन दिएको छ । दल आफैले नहटाए प्रहरी परिचालन गरेर भएपनि व्यानर हटाउने आयोगको भनाई छ ।

SHAREShare on Facebook0Tweet about this on Twitter0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप केही राष्ट्रिय समाचारबाट

थप केही अन्तराष्ट्रिय समाचारबाट